पोखरामा खुल्ला फुटसल प्रतियोगिता हुँदै,उपाधि राशी १ लाख ७० हजार

पाेखरा | असार २२, २०८२

पोखरामा खुल्ला फुटसल प्रतियोगिता हुँदै,उपाधि राशी १ लाख ७० हजार

पोखरा:   बक्स पोखराको आयोजनामा यही असार २७, २८ र २९ गते पोखरा रंगशालामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । बक्स पोखराले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । 


बक्स पोखराका उपाध्यक्ष चुमान गुरुङले प्रतियोगिताको तयारी तिव्र पारिएको बताए ।  ‘खेलकुद युवाको शक्ति हो हो भन्ने नाराका साथ खुल्ला फुटसल प्रतियोगिता आयोजना गरेका छौं, उपाध्यक्ष चुमानले भने, ‘ तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा २५ देखि ३० समूहको सहभागिता हुने अनुुमान गरेका छौं । ’


उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख ७० हजार रुपैयाँ,उपविजेताले १ लाख रुपैयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीले ७ हजार ट्रफि मेडल र प्रमाणपत्र, उदीयमान खेलाडी, उच्च गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई ६ हजार बराबरको १ महिने सदस्यता प्रदान गरिने छ ।

 

प्रतियोगितामा सहभागिताका लागि एक समूहलाई  नौ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । 


युवाको प्रतिभा उजागर गर्ने, स्थानीय र राष्ट्रिय खेलाडीबिच सम्पर्क तथा सम्बन्ध स्थापित गर्ने उद्देश्य रहेको बक्स पोखराका उपाध्यक्ष चुमान गुरुङले बताए । प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा योगदान पुग्ने उनको भनाइ छ ।


प्रतियोगितालाई निरन्तरता दिइने आयोजकको भनाइ छ । बक्स पोखराले आएको छ ।

सङ्खुवासभा:  सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।   चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...

थप पढ्नुहोस्

पोखरा:   १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...

थप पढ्नुहोस्

काठमाडौंः  आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

थप पढ्नुहोस्